कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन्।
प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकाे घोषणा गरे। प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।