काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले दुई वर्ष पुराना मूद्दा चालू आर्थिक वर्षभित्र फर्छ्यौट गर्ने भएको छ। दुई वर्ष पुराना मूद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले आगामी असार मसान्तसम्ममा त्यस्ता मूद्दा फर्छ्यौट गर्ने जनाएको हो । हाल उक्त अदालतमा २ हजार ९ सय ८७ वटा दुई वर्ष पुराना मूद्दा छन्।
अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौँ अदालतका जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीले दुई वर्ष पुराना सबै मूद्दा असार मसान्तसम्ममा फर्छ्यौट गर्ने लक्ष्य रहेको र ती मुद्दामा पेसी स्थगित नहुने गरी सुनुवाइ गरिरहेको बताए।
उक्त अदालतमा दुईवर्ष पुरानासहित हाल ३१ हजार ३ सय ३६ मूद्दा विचाराधीन छन्।