काठमाडौं – सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्न पुगेका मानव अधिकार तथा शान्ति समाजका १६ जना पक्राउ परेका छन्। जनयुद्ध दिवसका नाममा दिइएको विदा खारेज हुनुपर्ने लगायतका माग राख्दै शान्ति समाजले प्रदर्शन गरेको हो।
मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहितका अधिकारीकर्मी पक्राउ परेका हुन्।
प्रदर्शनकारीले विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने माग राखेर सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीले रिगललाई आम माफी दिने सरकारको निर्णयको समेत विरोध गरेका थिए।