काठमाडौं – आज (शुक्रबार)बाट फिल्म ‘परदेशी २’ सँगै अर्को फिल्म ‘कौसीद’ पनि रिलिज भएको छ।
कौसीद चलचित्रका निर्देशक कुमार भाष्कर रहेका छन्। केदार भुसालको निर्माणमा तयार भएको फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह-निर्माता लक्ष्मण बानियाँ हुन्। यो फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन्। निसाल पौडेलले छायांकन गरेको फिल्मलाई भिम विश्वकर्माले सम्पादन गरेका हुन्।
कौसीदमा ऋचा शर्मा, भोला राज सापकोटा जस्ता नाम चलेका कलाकार छन्। आजैबाट ‘परदेशी २’ पनि प्रदर्शनमा आएको छ।
नारायण रायमाझी निर्देशित ‘परदेशी २’ मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । गायक सपूतले यही फिल्मबाट अभिनेताको रूपमा डेब्यू गरेका हुन् । फिल्मको निर्मातामा राजेश बंशल र निर्देशक रायमाझी रहेका छन् ।