काठमाडौं – तीनकुनेस्थित दिव्य सः मिलभित्र २९ भदौमा ४ जनाको हत्या भएको घटनाका आरोपी सञ्जय भण्डारीविरुद्ध जन्मकैदको सजाय मागदाबी लिइएको छ। उक्त घटनाको अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन पेश गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरेर बुझाएको रायसहितको प्रतिवेदनमा ज्यान सम्बन्धी कसूरमा जन्मकैदको सजाय मागदाबी गरिएको हो।
घटना भएको दुई दिनपछि प्रहरीले सिन्धुपाल्चोकका भण्डारीलाई पक्राउ गरेको थियो।