काठमाडौं – इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा आफ्ना १० जना साथी गुमाएका विद्यार्थीहरुले आफूहरुलाई उद्धार गरिदिन आग्रह गरेका छन्।
बंकरभित्र साथीहरुसँगै रहेका विपिन सुवेदीले भिडियोमार्फत आफूहरू तीन दिनदेखि मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको भन्दै चाँडो उद्धार गरिदिन आग्रह गरेका हुन्।
उनले आफूहरूको अवस्था निकै नाजुक रहेको बताएका छन्। घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा रहे पनि आजसम्म उद्धार नहुँदा बाध्य भएर बनाउनुपरेको उनले भिडियोमा बताएका छन्।