काठमाडौं – इजरायलमा जारी युद्धमा परेका नेपालीहरूबारे आवश्यक निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक जारी छ।
परराष्ट्र मन्त्रालयमा जारी बैठकले इजरायलमा फसेका नेपालीको आवश्यक पहिचान र उद्धारको लागि निर्णय गर्नेछ।
सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो।