काठमाडौं – दसैंका लागि आउँदो सोमबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ।
शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकले सोमबारदेखि अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।
अग्रिम बुकिङ खुला गर्ने निर्णय भएपनि हेल्प डेस्क, सवारी भाडा कति राख्ने, कुनकुन रूटमा सवारीसाधन कति चलाउने भन्नेबारेमा छलफल जारी छ।