काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पीडितलाई न्याय दिनुको सट्टा राज्यले राजनीतिक सौदाबाजीका लागि पीडकलाई उन्मुक्ति दिनु कानूनी राज्यको उपहास भएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘पीडितलाई न्याय दिनुको सट्टा राज्यले राजनीतिक सौदाबाजीका लागि पीडकलाई उन्मुक्ति दिएको कुराले कानूनी राज्यको उपहास भएको छ । आफ्नो श्रीमानको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बस्नुभएकी भारती मानन्धरको जीवन रक्षाको माग गर्दै न्याय दिलाउन सरकारसँग जोडदार माग गर्दछु ।’