श्रीलंकामा अगामी अक्टोबर ९ देखि सुरु हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्ने छ ।
प्रतियोगिता अक्टोबर ९ देखि १५ सम्म श्रीलंकामा हुनेछ ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग अक्टोबर ९ मा खेल्नेछ । त्यस्तै दोस्रो खेल १० मा आयोजक श्रीलंकासँग खेल्दा ११ गते अफगाानिस्तानसँग खेल्नेछ । अक्टोबर १२ मा साउदी अरेबिया खेल्दा लिगको अन्तिम खेल १३ मा उज्वेकिस्तानसँग खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित बंगलादेश, अफगानिस्तान, साउदी अरेबिया, उज्वेकिस्तान र आयोजक श्रीलंका गरी ६ टोलीको सहभागीता रहनेछ ।
सबै टोलीले एक अर्कासँग खेल्ने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।