एसियन गेम्सको १९ औं संस्करणमा सहभागीता जनाउने नेपालको कराँते टिम चीनको हान्जाउ पुगेको छ । एसियाडका लागि इन्डोनेसियाको तयारीपछि नेपाली कराँते टिम होन्जाउ पुगेको हो ।
कराँतेबाट ८ खेलाडीले एसियन गेम्समा नेपालको चुनौती पेश गर्नेछन् । सन्तोष श्रेष्ठले ६७ केजी मुनिको तौल समूह, मोहम्मद शेख आलमले ७५ केजी मुनिको तौल समूह, बिप्लव लाल श्रेष्ठले ८४ केजी माथिको तौल समूह र स्वर्णिम मानन्धरले एकल कातामा नेपालको चुनौती पेश गर्नेछन् ।
यस्तै, सबिना क्षेष्ठले ५० केजी मुनिको तौल समूह, निरुपा तामाङ्गले ६१ केजी मुनिको तौल समूह, एरिका गुरुङ्गले ६८ केजीमाथिको तौल समूह र एलिसा रास्कोटी मगरले एकल कातामा नेपालका लागि खेल्नेछन् ।