भदौ १० गतेसम्म काभ्रेमा सार्वजनिक यातायात बन्द

- समय सन्दर्भ

बनेपा, भदौ ५ ।  दैनिकरुपमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै काभ्रेमा सार्वजनिक यातायात बन्द गरिएको छ। कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले बिहीबारदेखि जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको हो ।

यातायात भदौ १० गतेसम्मको लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो । साथै जिल्लाका मुख्य बजार धुलिखेल, पनौती, बनेपा, पाँचखाल र नमोबुद्ध नगरपालिकाका बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्म व्यापारव्यवसाय र अन्य खरिद बिक्रीजन्य क्रियाकलापसमेत हरेक बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म मात्रै गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाका अनुसार जिल्लाका विभिन्न स्थानमा रहेको आइसोलेशनमा राखेर १०२ जना संक्रमितको उपचार भईरहेको मा ३८ जना उपचारपश्चात घर फर्किएका छन्। ६२ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेशनमा उपचार भईरहेको पनि झाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणबाट काभ्रेमा  २ जनाको निधन भईसकेको छ ।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal