अमेरिकामा मानिससँग खाने पैसा छैन, फूड बैंक बाहिर लाग्यो लामो लाइन

- समय सन्दर्भ

अमेरिका,  बैशाख ८। अमेरिकामा कोरोनाको महामारीको कहर झेलिरहेका अधिकतर परिवार फुड बैंकमा जम्मा हुँदैछन । कारको लामो लाईनमा घण्टौ बसेर फुड बैंकबाट राहत लिन लागेको लाईन आम जस्तै भएको छ । लकडाउनका कारण रातारात काम कारोबार बन्द भएपछी २.२ करोड जनता बेरोजगार भएकाले खानाका लागी उनिहरु दातामा निर्भर भएका छन्। गत मंगलवार पेन्सिलवेनियाको ग्रेटर पीट्सबर्ग कम्युनिटी फूड बैंकको वितरण केन्द्रमा करीव १,००० कारहरू लाइनमा उभिए।

मार्चमा ग्रेटर पिट्सबर्ग कम्युनिटी फूड बैंकबाट खाद्यान्न प्याकेटको माग ४० प्रतिशतले बढेको छ। संगठनका उपाध्यक्ष ब्रायन गुलिशले भने, “धेरै व्यक्तिले पहिलो पटक हाम्रो सेवा प्रयोग गरिरहेका छन्। जो पहिले कहिल्यै फूड बैंकको नजिक पनि आएका थिएनन उनिहरु पनि अहिले हाम्रो सेवा लिईरहेका छन ।” उनले भने -” त्यसैले उनिहरुलाई थाहा छैन कि दक्षिण पश्चिम पेन्सिलभेनियामा ३५० वितरण केन्द्रहरू छन् भनेर। ” उनले भने, “यो लाईन त्यसैको नतिजा हो ।”

स्रोत : theguardian
स्रोत : whatsnew2day

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal