अमेरिकाका रिपब्लिकन सांसदहरूले चीनको पशु बजारमा तत्काल प्रतिबन्ध लगाउन गरे माग

- समय सन्दर्भ

वाशिङ्टन,  बैशाख ८। अमेरिकाबाट चीनको ‘भेट’ बजार बन्द गर्न आवाजहरू  उठाइरहेका छन्। रिपब्लिकन पार्टीका २ सांसदहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनको पशु बजार (भेट बजार) तुरुन्त बन्द गर्ने बारेमा आफ्ना चिनियाँ समकक्षी सी चिनफिंगसँग कुरा गर्न अनुरोध गरेका छन्। ट्रम्पलाई लेखेको पत्रमा कांग्रेसका सदस्य एल्सी हेस्टिंग्स र वर्न बुकाननले पशुपालन बजारमा चीनको कडा नियन्त्रणको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन्।

पशु बजारको माध्यमले जनावरबाट मानिसहरूमा रोग सर्ने धेरै बढी जोखिम छ, विश्वव्यापी महामारी कोविड -१९ फैलनुमा पनि यस प्रकारका बजारहरुको प्रतक्ष्य सम्बन्ध रहेको मानिएको छ । बजारमा ताजा मासुका साथै स्तनपायी,सृप, माछा, आदि जिवितै पनि बेचिन्छ। यी बजारबाट पशु रोगको जोखिम मानव जनसंख्यामा पुग्छ। पत्रमा सांसदहरूले भने कि भाइरस अध्ययन गरिरहेका वैज्ञानिकहरूले यी बजारहरू मार्फत जनावरबाट मानिसमा संक्रमण भएको आशंका गरेका छन ।

पत्रमा भनिएको छ कि भाइरस जनावरहरूसँगको सम्पर्कको कारण वा उनीहरूको सेवनबाट भएको हुन सक्छ। हेस्टिंग्सले पत्रमा भने, ‘यो स्पष्ट छ कि पशु बजारमा नियमहरू कडा हुँदैनन् र मानव खपतका लागि जनावरहरूलाई मार्ने अमानवीय अवस्थाले कोरोना भाइरस जस्ता रोगको फैलावटको लागि अनुकूल अवस्था सिर्जना गर्न सक्छ।’  बुचनानले भने ‘ कोरोना जस्ता भयावह भाइरस फेरि फैलिनबाट रोक्न यी बजारहरू तुरुन्त बन्द गरिनु पर्छ।’

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal