साइन्स जर्नलले भन्यो चीनद्वारा गरिएको ‘लकडाउन’ले सात लाख भन्दा बढी मानिसहरू संक्रमित हुनबाट बचेँ

- समय सन्दर्भ

कोरोना भाइरस महामारीको पहिलो ५० दिनमा चीनद्वारा उठाइएको कदमले सात लाख भन्दा बढी मानिसहरू संक्रमित हुनबाट बचेँका छन। शोधकर्ताहरूका अनुसार चीनद्वारा अपनाइको भाइरस-नियन्त्रित उपायहरूले वुहान बाहिरका अन्य शहरहरूमा फैलन धेरै समय लागेकाले तथा देशभर आवागमन प्रतिबन्धित गरेका कारण सात लाख बढी मानिसहरूलाई संक्रमित हुनबाट बचायो। साइन्स जर्नलमा प्रकाशित यो अध्ययन ति देशहरूका लागि उपयोगी हुन सक्छ जो कोविड-19 महामारी महामारीको शुरुवाती चरणमा रहेका छन।

बेलायतको अक्सफोर्ड युनिभर्सिटीका शोधकर्ता क्रिस्टोफर डाईले भने-” महामारीको ५० दिन (१ फेब्रुअरी) सम्म चीनमा पुष्टि भएका संक्रमितहरूको संख्या ३०,००० जति रहेको थियो । हाम्रो विश्लेषण अनुसार वुहान यात्रा प्रतिबन्ध र राष्ट्रिय आपतकालिन प्रतिक्रिया बिना,उक्त मिती सम्ममा वुहानमा सात लाख भन्दा बढी कोविड -१९ संक्रमितहरू भेटिने थिए ।”

चीनको नियन्त्रण उपायहरूले संक्रामक र अतिसंवेदनशील मानिसहरु बीचको सम्पर्कलाई रोक्दै एकबाट अर्कोमा सर्ने श्रृंखलालाई सफलता पूर्वक रोकेको उहाँले बताउनु भयो ।

बेइजिङ नर्मलविश्वविद्यालयका सहायक प्राध्यापक हुआयु तियानले भने -“यस बिच १३० बढी शहर कोविड -१९ आइपुग्नुभन्दा अघि यसबाट बच्नका तयारी गर्नको लागि थप समय प्राप्त भयो ।”

चीनका शहरहरूमा सार्वजनिक समारोहहरूमा प्रतिबन्ध लगाइएको थियो, मनोरञ्जन स्थलहरू बन्द गरेर सार्वजनिक यातायातमा प्रतिबन्ध लगाइको थियो। शोधकर्ताहरूले भने कि यस प्रकारको नियन्त्रण उपायले भाइरस संक्रमणको संख्या अत्यन्तै कम स्तरमा झार्ने काम भयो ।

-एजेन्सी

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal